विदेश

चन्द्रमा जाने ‘गर्लफ्रेन्ड’ खोग्दै छन् यी जापानी अर्बपति

चन्द्रमा जाने ‘गर्लफ्रेन्ड’ खोग्दै छन् यी जापानी अर्बपति

एजेन्सीः जापानका अर्बपति युसाका मेजावा चन्द्रमामा जान महिला साथी खोजिरहेका छन् । ‘स्पेस एक्स’ कम्पनी मार्फत उनी चन्द्रमामा जान लागेका हुन् । ५ दशकपछि चन्द्रमा जाने ४४ वर्षीय व्यवसायी पहिलो पर्यटक हुने छन् । तर मेजावाले आफूसँगै चन्द्रमा जानका लागि महिला साथीको खोजी गरिरहेका छन् । 

सार्वजनिक रुपमै उनले आवेदन दिन आग्रह गरेका छन् । यस अभियानलाई प्रवद्र्धन गर्न उनले आफ्नो वेबसाइट मार्फत जानकारी दिने गरेका छन् । जसले यो पुष्टि गर्छ कि उनी केवल साथी खोजिरहेका छैनन्, उनलाई सथ दिने सहयात्री खोजिरहेका छन् ।

मेजावाको अन्तरिक्षमा पुग्ने लामो समयदेखिको आयोजित सपना हो । उनी विशेष व्यक्तिसँग विशेष ठाउँमा जान चाहने भन्दै २०२३ मा उनलाई चन्द्रमा पठाइने भएको हो । मेजावाले सहयात्रीका लागि २० वर्ष भन्दा माथिका अविवाहित महिला हुनुपर्ने भन्दै मापदण्ड पनि तोकेका छन् ।

उनले ‘जीवनको पूर्ण आनन्द लिन चाहने र विश्व शान्ति चाहने महिलाले निवेदन दिन सक्ने’ भन्दै आह्वान गरेका छन् । मेजाव जापानको सबैभन्दा ठूलो अनलाइन रिटेलर जाजो टाउनका संस्थापक हुन् । फोब्र्सको सबैभन्दा पछिल्लो अनुमान अनुसार उनीसँग कूल २ बिलियन डलरको सम्त्ति छ । सन् २०१७ मा जीन माइकल बास्वाइटको चित्रकलाका लागि उनले ११.५ मिलियन डलर निकासा गरेका थिए । उनी एक उत्साही कला कलेक्टर पनि हुन् ।
  

चन्द्रमा युसाका मेजावा