समाचार

आजको मौसम: वर्षा र हिमपातको सम्भावना

आजको मौसम: वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य पहाडी भू्भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार रातिदेखि भू–मध्य सागरको वायु दक्षिण एसियाली मुलुकतर्फ बहने जलवाष्पयुक्त हावाको मात्रा पर्याप्त भएपछि पश्चिमी क्षेत्रहरुमा वर्षा र हिमपात सुरु भएको हो । उक्त वायुको प्रभाव मंगलबार पनि रहनेछ ।

यसैगरी, पश्चिमी भू–भागका केही स्थानमा हल्का वर्षा र पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

त्यस्तै, राति भने पश्चिमी भूभागमा सामान्य बदली हुने र अन्य भाग सफा हुनेछ । पश्चिमी  भू(भागका एक(दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भू(भागका थोरै  स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

#मौसम पूर्वानुमान