समाचार

लागु औषध नाईट्राभेटसहित दुई नाबालक पक्राउ

लागु औषध नाईट्राभेटसहित दुई नाबालक पक्राउ

पर्सा- अवैध लागु औषध नाईट्राभेट सहित २ जना नाबालक पक्राउ परेका छन्।

बाराको कलैया उप महानगरपालिका वडा नम्बर १० बाट लागुऔषधसहित १५ बर्षिय र १६ वर्षीय २ जना नाबालक पक्राउ परेका हुन।
प्रहरीले दुबैजनाको नाम खुलाएको छैन।

प्रहरीले चेकजाँच गर्ने क्रममा ना. ४१ प.४०८१ नम्बरको मोटरसाइकलमा आएका दुवै नाबालकको साथबाट अवैध लागू औषध नाईट्राभेट १० लेखिएको ३० पिस ट्याबलेट बरामद गरिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

लागुऔषधसहित पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत बाराबाट लागू औषध मुद्दामा ५ दिनको म्याद थप गराइ अनुसन्धान भइरहेको मिश्रले बताए।