समाचार

मोडेल कलेजको बसको ठक्करबाट २ जनाको घटनास्थलमै मृत्यु

मोडेल कलेजको बसको ठक्करबाट २ जनाको घटनास्थलमै मृत्यु

जनकपुरधाम - धनुषामा कलेजको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना युवकको घटस्थलमै मृत्यु भएको छ ।

बसको ठक्करबाट मोटरसाइकलमा सवार लक्ष्मीनिया गाउँपालिका ७ का सन्तोस ठाकुर र क्षिरेश्वरनाथ नगरपालिकाका अनवर राईको मृत्यू भएको प्रहरीले जनाएको छ

मंगलबार दिउँसो जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत लक्ष्मिनिया र सपहीको बीचमा जनकपुरस्थित मोडेल मल्टिपल कलेजको बसले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जनकपुरतर्फ गइरहेको ज१क २८३ नम्बरको कलेज बसले विपरीत दिशाबाट आउँदै गरेको ज१०प ३५३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको हो। ठक्कर पछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् ।