मनोरञ्जन

बक्स अफिसमा 'तनाजी'को दबदबा, ३ दिनमा कमायो यति करोड ?

बक्स अफिसमा 'तनाजी'को दबदबा, ३ दिनमा कमायो यति करोड ?

एजेन्सी । अजय देवगण अभिनित चलचित्र 'तनाजी' ले बक्स अफिसमा लगातार धमाका मच्चाईरहेको छ। जनवरी १० देखि रिलिज भएको चलचित्रले प्रदर्शनको ३ दिनसम्म आइपुग्दा ५० करोड माथिको आंकडा पार गरेको बताईएको छ। 

चलचित्रले प्रदर्शनको तेस्रो अर्थात् आइतबार २५.५ करोडको व्यापार गर्न सफल भएको छ । योसँगै तिन दिनको कमाईको आंकडालाई जोड्दा चलचित्रले हालसम्म ६१.१७ करोडको व्यापार गरेको छ। चलचित्रले यहि अनुरुप कमाई गर्दै जाने हो भने यो बर्षको ब्लकबस्टर चलचित्र हुने धेरैले अनुमान गरेका छन।  

'तनाजी' हाल देशभरका ४५ सय ४० स्क्रिनमा प्रदर्शन भईरहेको छ। ओम राउत निर्देशित चलचित्र मराठी साम्राज्यका वीर सैनिक तनाजीको कथामा आधारित रहेको छ। फिल्मले दर्शक तथा समिक्षकको तर्फबाट राम्रो प्रतिक्रिया पाइरहेको छ।   

तनाजी