हाम्रो पात्रो विज्ञापन
राजनीति

बाँस्कोटाद्वारा पदभार ग्रहण

बाँस्कोटाद्वारा पदभार ग्रहण

काठमाडौँ । सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शहरी बिकास मन्त्रालयको पदभार ग्रहण गर्नुभएको छ । मन्त्रालयमा आज पदभार ग्रहण गर्नुहुँदै मन्त्री बाँस्कोेटाले बिकासलागत कम गर्नका लागि एकिकृत बस्ती निर्माण जरुरी रहेको बताउनुभयो ।

उहाँले सात वटै प्रदेशका बिभिन्न आठ स्थानमा एकिकृत बस्ती निर्माणको लागि डिपीआर तयार भइसकेकोले योजनावद्ध ढंगले काम अगाडि बढाइने जानकारी दिनुभयो ।

त्यसैगरी मन्त्री बाँस्कोटाले परिवारका सदस्यहरुले व्यस्त जीवनशैलीका कारण हेरचाह गर्न नसकेका अभिभावकलाई सःशुल्क रुपमा हेरचाह गर्ने व्यवस्था गर्नेगरी यसैवर्ष भित्र काठमाडौंमा बाजेबज्यै पार्र्क स्थापना गरिने जानकारी समेत गराउनुभयो ।

त्यस्तै  व्यस्तताका कारण अभिभावकले समय दिन नसक्ने बालबालिकाका लागि पनि आवश्यक मापदण्ड बनाएर पार्कको स्थापना गरिने पनि मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।