भिडियो

मिलिनियम च्यालेन्ज कर्पोरेशन र इण्डोप्यासिफिक रणनीतिबारे विप्लव पार्टी नेताको यस्तो खुलाशा (भिडियोसहित)

मिलिनियम च्यालेन्ज कर्पोरेशन र इण्डोप्यासिफिक रणनीतिबारे विप्लव पार्टी नेताको यस्तो खुलाशा (भिडियोसहित)

काठमाडौँ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का नेता नरबहादुर कार्कीले मिलिनियम च्यालेन्ज कर्पोरेशन र इण्डोप्यासिफिक रणनीतिबारे नयाँ खुलाशा गरेका छन् । मिलेनियम च्यालेन्च कर्पोरेशन (एमसिसी ) इण्डोप्यासिफिक रणनीनिकै अंग हो वा होइन भन्ने लगायतका विवाद भैरहेकै बेला नेपाल आजसँग विस्तृत कुराकानी गर्दै कार्कीले एमसीसी संविधान र कानूनमाथि हुन नसक्ने बताए ।

यथास्थितिमा एमसीसी पारित नहुने उनको दाबी  छ । उनी भन्छन–‘हाम्रो देशको संसद्ले पारित गर्नुपर्ने अनि त्यसबेला नेपालको कानून बाझिएमा नेपालको कानून स्वतः खारेज हुने भन्नु त यो सम्झौताले संविधान/कानूनभन्दा माथि गभर्न गर्छ भनेको होइन र ?’

उनी भन्छन–‘महाकाली, कोशी वा गण्डक लगायतका जे जति सम्झौता भएका छन् त्यसलाई हेर्नुहोस् त सम्झौता भैसकेपछि कसरी तल परिन्छ ? कुनै पनि देशको भविष्यका लागि यति अर्ब ठूलो हुँदैन, सार्वभौमसत्ता सम्पन्न मुलुकका लागि त्यो देश स्वाधीन हुन्छ कि हुँदैन ?, वैदेशिक नियन्त्रण हुन्छ कि हुँदैन त्यो ठूलो हो ।’ 

इण्डोप्यासिफिकबारे सरकारले जनतालाई गुमराहमा राखेको छ । एमसीसीबारे कुरा गर्नेलाई विकास विरोधी भन्न मिल्छ ? उनले एमसीसी सदनमा लैजान नहुने, नेपालीहरुको प्राथमिकता अनुकूलतामा खर्च गर्नेगरी अमेरीकाले दिनुपर्ने बताए । उनले एमसीसी र महरा प्रकरणभित्र केही कडी जोडिएको हुनसक्ने उल्लेख गरेका छन् । 

उनले बिआरआई चिनिया विकासको रणनीति रहेकाले परियोजना, लगानी डिटेलमा केही नआएकाले बिआरआईबारे थप टिप्पणी गर्न नहुने बताए ।  कार्कीले नेकपामा दुवै अध्यक्ष राष्ट्रहितमा नलागेको पनि दाबी गरे । साँचो राष्ट्रवाद देशको के गर्दा भलो हुन्छ भन्नेमा जानुपर्नेमा दुवै अध्यक्ष त्यस्तोमा नलागेको उनले दाबी गरे । कार्कीसँगको कुराकानीको विस्तृत भिडियो :