अपराध सुरक्षा

झ्यालबाट छिरेर सुतिरहेकी किशोरीमाथि बलात्कार

झ्यालबाट छिरेर सुतिरहेकी किशोरीमाथि बलात्कार

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका वडा नम्बर ४ का स्थानिय ५७ वर्षिय कृष्णबहादुर गहतराज पक्राउ परेका हुन् ।

गत पौष १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्याल बाट छिरेर बलात्कार गरेको पिडित ती किशोरीले बताएकी छिन् । झ्यालबाट छिरेका गहतराजले आफूलाई मुख र हात समातेर बलात्कार गरेको पिडित किशोरीको भनाई छ ।

गहतराजलाई पौष २१ गते पक्राउ गरी यौन दुव्र्यवहारमा मुद्धा दर्ता गरी अदालतबाट म्याद थपिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।