समाचार अपराध सुरक्षा

सडक लाइट व्यवस्थापन मुख्य प्राथमिकता : ढकाल

सडक लाइट व्यवस्थापन मुख्य प्राथमिकता : ढकाल

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा सडक लाईटको व्यवस्थापन गर्ने योजना अघि सारेको छ । महाशाखाका नवनियुक्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले आज पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यकाको सडक लाईट व्यवस्थापनको कामलाई आफूले उच्च प्राथमिकता दिने बताएका हुन् ।

जिम्मेवार, अनुशासित ट्राफिक प्रहरीको व्यवस्थापन गरी सडकको ट्राफिक व्यवस्थापनको कामलाई अझ बढि प्रभावकारी बनाउने उनको भनाइ थियो । महाशाखाले सडक व्यवस्थापनका लागि प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा आफ्नो मुख्य जोड रहने कार्ययोजना पनि सार्वजनिक गरेको छ । 

यसैबीच, महाशाखाले चोरी भएका १८ वटा मोटरसाईकल नियन्त्रणमा लिई सवारी धनीलाई बुझाएको छ । महाशाखाको कार्यालय परिसरबाट काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट चोरी भई नियन्त्रणमा लिएका सो मोटरसाईकल सवारी धनीलाई हस्तान्तरण गरेको हो ।