विदेश

जापानमा शक्तिशाली तुफान : एकको मृत्यु, ४० जना घाइते 

जापानमा शक्तिशाली तुफान : एकको मृत्यु, ४० जना घाइते 

काठमाडौँ । जापानमा आएको शक्तिशाली तूफानमा परी एक जनाको ज्यान गएको छ भने चालिस भन्दा बढी घाइते भएका छन । जापानको राजधानी टोकियोमा सोमबार विहान आएको शक्तिशाली तूफानमा परी एकजना महिलाको ज्यान गएको हो ।

तुफानमा परि करिब चालिस भन्दा बढी घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् । तूफानका कारण जापानको चिबा, कानागावा र सिजुओका प्रान्तमा नौ लाखभन्दा बढी घरहरुमा विद्युत अपूर्ति बन्द भएको जापानी सरकारका प्रवक्ता योसिहिदे सुगाले बताएका छन् ।

तूफानले प्रभाव पार्न सक्ने सम्भावना बढेपछि जापानको नारिता विमानस्थलका एक सय दस भन्दा बढी उडान स्थगित गरिएका छन् । इस्ट जापान रेलवे कम्पनीले टोकियोमा आफ्ना केही रेल सेवा बन्द गरेको छ ।

जापानको मौसम एजेन्सीले तूफानको गति प्रतिघण्टा दुई सय १० किलोमिटर मापन गरेको छ ।