खेल

नादेज्दा कप फुटबल : नेपाल उज्वेकिस्तानसँग पराजित

नादेज्दा कप फुटबल : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौँ । नादेज्दा कप फुटबल अन्तर्गत दोस्रो खेलमा नेपाली महिला फुटबल टोली उज्वेकिस्तानसँग पराजित भएको छ । सोमबार भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोल अन्तरले पराजित भयो ।

कीर्गिस्तानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा  ३४ औँ मिनेटमा उज्वेकिस्तानले सुरुवाती अग्रता बनायो । त्यसपश्चात उज्वेकिस्तानले खेलको ५० औँ मिनेटमा दोस्रो गोल गर्न सफल भयो र नेपालमाथि २(०को अग्रता कायम गर्न सफल भयो । नेपालले पटक पटक पाएका सुन्दर मौका गोल गर्न सफल भएनन् । खेलको सुरुवातमा नेपालले उज्वेकिस्तानलाई दबाब दिएपनि गोल गर्न चुकेको थियो ।