राजनीति

सिंगापुरबाट फर्केयता प्रधानमन्त्री बालुवाटारबाट निस्केका छैनन् 

सिंगापुरबाट फर्केयता प्रधानमन्त्री बालुवाटारबाट निस्केका छैनन् 

काठमाडौं । दुई साता लामो उपचारपछि स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टी दुवै तर्फका काम सुस्तरी अघि बढाएका छन् । 
उनी बालुवाटारबाट बाहिर निस्केका छैनन् । प्रधानमन्त्री निवासमै सामान्य भेटघाट र सरकारी काम गरिरहेका छन् । 

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार चिकित्सकले ओलीलाई धेरै धपेडी नगर्न सुझाएका छन् । धेरै मानिस संलग्न हुने कार्यक्रममा सहभागी नहुन पनि सल्लाह दिएका छन् । 
कान्तिपुर दैनिकबाट  ।