खेल

नेपालद्धारा बंगलादेशसामु २६२ रनको लक्ष्य प्रस्तुत

नेपालद्धारा बंगलादेशसामु २६२ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले जितका लागि टेष्ट राष्ट्र बंगलादेशलाई २६२ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २६१ रन बनायो ।

नेपालका लागि पवन सर्राफ र सन्दीप जोराले अर्धशतकीय इनिङ्स खेले । पवनले ८१ रनको योगदान दिदा सन्दीपले ५६ रन बनाए  । यस्तै रित गौतमले ३२, कुशल मल्लले २८ र भीम सार्किले २१ रन जोडे । कप्तान रोहित पौडेलले १४ रन बनाए भने कमल सिंह ऐरीले ९, रसिद खानले ६ असिफ सेशले ३ र हरिचरण चौहानले एक रन जोडे ।

बंगलादेशका लागि तान्जिम हसन शकिब र साहिन आलमले २र२ विकेट लिए । पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासंग ५ विकेटले पराजित भएको नेपाललाई अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउन यो खेल जित्नैपर्ने बाध्यता छ । 

एसीसी यू–१९ एसिया कप क्रिकेट