विदेश

निल गार्ई जिउँदै पुर्दैै गरेको दृश्यले संसारको ध्यान तान्यो 

निल गार्ई जिउँदै पुर्दैै गरेको दृश्यले संसारको ध्यान तान्यो 

एजेन्सी । भारतको बिहार राज्यका किसानहरुले निल गाईले बाली सखाप पारेको उजुरी स्थानीय प्रशासनसमक्ष दिए ।

 प्रशासनले त्यस्ता गाईलाई गोली हानेर मार्ने आदेश दियो । यतिसम्म त विषय सामान्य नै थियो । तर जब गोली लागेर पनि एक निल गाई मरेन, तब त्यो जंगली जनावरलाई  खाल्डो खनेर डोजरले जिउँदै पुर्ने प्रयास गर्यो । 

यो दृश्य एक ट्वीटर प्रयोगकर्ताले भिडियो खिचेर पोस्ट गरे । घाइते अवस्थाको निलगाईलाई जिउँदै पुर्न लागिएको थियो । 
भिडियोमा निलगाई जिउँदै पुरेको देखाइएको छ । 

स्थानीय किसानले वाली सखाप पारेको भनेर वन विभागमा उजुरी दिएका थिए । वन विभागले सिकारीहरुलाई ३ सय निलगाई मार्न आदेश दिएको थियो । 
निलगाई जिउँदै पुरेको दृश्य अहिले पनि भाइरल भइरहेको छ । 
 

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।