समाचार देश

अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन, यात्रुको बिजोग

अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन, यात्रुको बिजोग

सुर्खेत । पहिरोका कारण शनिबार बिहानैदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग आइतबार साँझसम्म पनि सञ्चालनमा आउन सकेको छैन । राजमार्ग अन्तर्गतको तिलागुफा नगरपालिका–७ टाकुल्ला खोलामा पहिरो गएर सडक अवरुद्ध भएको थियो ।

शुक्रबार रातिको अविरल वर्षापछिको पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध हुदाँ जुम्लाबाट सुर्खेत तथा नेपालगञ्जका लागि हिँडेका यात्रुु बाटोमा नै अलपत्र परेका छन् ।