खेल

एसिसी यू–१९ एशिया कप क्रिकेट : नेपाल समूह चरणबाटै बाहिरियो

एसिसी यू–१९ एशिया कप क्रिकेट : नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौँ । नेपाल श्रीलंकामा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणबाटै वाहिरिएको छ । लगातार दोस्रो हार बेहोर्ने क्रममा आइतबार बंगलादेशसँग ६ विकेटले पराजित भएसँगै नेपाल एक खेल खेल्नुअघि नै बाहिरिएको हो ।

दुई सय ६२ रनको चुनौती पछ्याएको बंगलादेशले चार बल बाँकी छँदै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । १९ रन जोड्दा सुरुवाती दुई विकेट गुमाए पनि त्यसपछि संयमित ब्याटिङ गरेको बंगलादेशले जित हासिल गरेको हो । बंगलादेशका लागि कप्तान अकबर अलीले ८२ बलमा अविजित रहँदै ९८ रन जोडे ।

कमल सिंह ऐरीले २ तथा रसिद खान र हरि चौहानले १/१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर दुई सय ६१ रन बनाएको थियो । लगातार दुई जितसहित बंगलादेश सेमिफाइनलमा पुगेको छ भने पराजित भएको नेपाल बाहिरिएको छ । पहिलो खेलमा नेपाल श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । 

अब नेपालले समूहको अन्तिम खेलमा सान्त्वना जितका लागि मंगलबार युएईसँग खेल्नेछ । 

र, यो पनि 

नेपालद्धारा बंगलादेशसामु २६२ रनको लक्ष्य प्रस्तुत

एसिसी यू–१९ एशिया कप क्रिकेट