वडा अध्यक्षद्वारा सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास

वडा अध्यक्षद्वारा सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्षले आत्महत्या प्रयास गरेका छन्। अध्यक्ष रमेश नेपालले शनिबार बिहान ९ बजेतिर आत्महत्या प्रयास गरेका हुन्।

वडा नम्बर २ स्थित आफ्नै घरको कोठामा सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास गरेका हुन्। उनले आत्महत्या प्रयास गरेको परिवारका सदस्यले थाहा पाएलगत्तै अस्पताल पुर्‍याएका थिए।

उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताइएको छ। उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ।

आत्महत्या

संम्बधित खबर