खेल

सीपीएलः पोलार्डको नाइट राइडर्सद्वारा गेलको टिमलाई १९२ रनको लक्ष्य

सीपीएलः पोलार्डको नाइट राइडर्सद्वारा गेलको टिमलाई १९२ रनको लक्ष्य

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत तेस्रो खेलमा किरण पोलार्ड नेतृत्वको ट्रिनबागो नाइट राइर्डसले क्रिस गेल कप्तान रहेको जमैका तल्लावाजलाई १९२ रनको विशाल लक्ष्य दिएको छ । 

टस हारेर ब्याटिङको मौका पाएको नाइट राइडर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९१ रन बनायो । 

उसका लागि टिवन वेबस्टारले नट आउट ६६, सुनिल नारायणले ४६, दिनेश रामदिनले २१, लिन्डल सिमोन्सले ११ र कप्तान किरण पोलार्डले नट आउट ३३ रन बनाए । 

बलिङमा जमैकाका आन्द्रे रसेल, जेरोमी टेलर, क्रिस्टोफर मिलोन्ट र स्टेभन ज्याकोब्सले एक–एक विकेट लिए । 

ट्रिनबागोको यो दोस्रो खेल हो । उसले पहिलो खेलमा सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्सविरुद्ध ११ रनको जीत हासिल गरेको थियो । 

यता गेलको टिमको भने यो संस्करणको पहिलो खेल हो । यो लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि छन् । उनको टिमको खेल ९ तारिख  गुयाना अमेजन वारियर्सविरुद्ध छ । सन्दीप यो संस्करण बार्बाडस ट्राइडेन्टसबाट खेलिरहेका छन् ।

  
 

क्यारेबियन प्रिमियर लिग सीपीएल जैका तल्लावाज भर्सेस ट्रिनबागो नाइट राइर्डस किरण पोलार्ड