राजनीति

प्रधानमन्त्री ओली स्वदेश फिर्ता 

प्रधानमन्त्री ओली स्वदेश फिर्ता 

काठमाडौँ । सिंगापुरमा दुई साता उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट उपचार गरी आज स्वदेश फर्किएका छन् । सिंगापुरबाट थाइल्याण्ड हुँदै थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री ओलीको स्वागतका लागि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायत विमानस्थल पुगेका थिए ।

विमानस्थलको अति विशिष्ट कक्षमा उनीहरुले स्वागत गरे । मृगौलासम्बन्धी एन्टिबडीको उपचारका लागि प्रधानमन्त्री भदौ ५ गते सिंगापुर गएका थिए ।

प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो । उनको सो अस्पतालमा करिव दुई सातासम्म मृगौलासम्बन्धी एन्टिबडी घटाउनका लागि प्लाज्मा फेरेसिस उपचार गरिएको हो ।