विदेश

जिम्बाबेका भूतपूर्व राष्ट्रपति मुगावेको निधन

जिम्बाबेका भूतपूर्व राष्ट्रपति मुगावेको निधन

एजेन्सी । जिम्बाबेका भूतपूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा निधन भएको छ । मुगाबे गत अप्रिलदेखि सिंगापुरमा उपचार गराउदै आएका थिए । उनी जिम्बाबे स्वतन्त्र भएपछि सन १९८० मा प्रथम प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका थिए । 

उनले सन् १९८७ मा राष्ट्रपतिको जिम्मेबारी सम्हालेका थिए । उनले जिम्बाबेमा झण्डै तीन दशक राष्ट्रपतिको कार्यभार सम्हालेका थिए ।

उनलाई सन् २०१७ को नोभेम्बरमा सेनाले अपदस्थ गरेको थियो । मुगाबेको जन्म सन् १९२४ को फेब्रुअरीमा रोडेशियामा भएको थियो ।

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।