हाम्रो पात्रो विज्ञापन
विदेश

डोरिअन आँधी अमेरीका पुग्यो

डोरिअन आँधी अमेरीका पुग्यो

एजेन्सी । शक्तिशाली आँधी डोरिअन अमेरिका पुगेको छ । डोरिअनले साउथ र नर्थ क्यारोलाइनामा ठूलो वर्षा भएको थियो। क्याटगरी टु आँधी बिस्तारै उत्तरसँगै अमेरिकाको पूर्वी तटीय क्षेत्रतर्फ बढिरहेको छ। क्याटगरी टु मा वर्गाीकरण गरिएको आँधी बिस्तारै उत्तरसँगै अमेरिकाको पूर्वी तटीय क्षेत्रतर्फ बढिरहेको छ ।

आँधीले केही क्षेत्रमा ठूलो क्षेत्रमा पुुर्‍याउने अनुमान मौसमविद्हरूले गरेका छन् । आँधी कमजोर हुन केही दिन लाग्ने अनुमान गरिएको छ । अघिल्लो दिन प्रतिघण्टा एक सय पन्ध्र किलोमिटर वेगसहितको हावाहुरी चलेकोमा अहिले घटेर त्यसको बेग एक सय पाँच किलोमिटरमा पुगेको छ ।

अमेरिकाको पूर्वी तटीय क्षेत्रतिरका २२ लाखभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सर्न प्रशासनले निर्देशन दिएको छ । साउथ क्यारोलाइनको तटीय क्षेत्रनजिक पर्ने स्थानका एक लाखभन्दा बढी मानिसहरू बिजुलीविना बस्न बाध्य भएका छन् ।

अबका केही दिनभित्र डोरियन कमजोर हुँदै जाने अपेक्षा गरिएको छ। बिहीबार प्रतिघण्टा ११५ किलोमिटर वेगसहितको हावाहुरी चलेकोमा अहिले १०५ किलोमिटरमा झरेको छ।