विदेश

रुसमा चीनको दबदबा कम गर्न मोदीको यात्रा  

रुसमा चीनको दबदबा कम गर्न मोदीको यात्रा  

बीबीसी । दुई दिने रसियाको भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ब्लादोवास्तकमा आयोजित इस्र्टन इकोनोमिक फोरमममा भने कि भारत सुदूरपूर्वको विकासका लागि एक अर्ब डलर ऋण उपलब्ध गराउनेछन् । 

उनले भारत र सुदूरपूर्वका सम्बन्ध पुरानो भएको उल्लेख गर्दै भने, ‘भारत पहिलो देश हो जसले ब्लादिवोस्तकमा आफ्नो काउन्सलेट अफिस खोलेको थियो । अब यो सम्बन्धलाई थप मजबुत बनाउन गइरहेको छ ।’ 

भारतले सुदूरपूर्वका ऊर्जा र हिरा उत्खनन्मा महत्वपूर्ण लगानी गरेको छ । यो यात्राको दौरान मोदीले रसियाका सुदूरपूर्वी क्षेत्रका सबै गभर्नरहरुलाई भारत भ्रमणको निम्तो दिएका छन् ।  

रुस र भारतको पुरानो मित्रता छ । अन्तर्राष्ट्रिय मञ्चहरुमा रुसले भारतलाई समर्थन गर्दै आएको छ । मोदीको रुस यात्राले त्यो सम्बन्धलाई थप बलियो बनाएको विश्वास गरिएको छ । विशेषगरी परमाणु ऊर्जा र रक्षा क्षेत्रमा दुई मुलुकबीच विशेष सम्बन्ध छ । 

अमेरिका र रुसमा भारतसँग को नजिक ? 
 

अमेरिका र रुस दुवै ठूला देश हुन् । उनीहरु दुवैल आफ्नो हित हेर्छन् । भारतले पनि आफ्नो हितअनुसार उनीहरुसँग सम्बन्ध स्थापित गर्छ । 
हालको मोदीको रुस भ्रमणमा जस्तो परिदृष्य बनेको छ, त्यसले पनि के देखिन्छ भने ठूला देशहरुले कुनै पनि मुलुकसँग ज्यादा नजिकको सम्बन्ध राख्दैनन् । हरेक मुलुकले आफ्नो हित हेरेर सम्बन्ध स्थापित गर्छन् । 

रुसको सम्बन्ध भारतसँग जति राम्रो छ, उति नै चीनसँग पनि छ । यसकारण कुनै एक मुलुकसँग मात्रै गहिरो सम्बन्ध बनाउने समय समाप्त भइसकेको छ । 

यो कुरा अमेरिका र रुस दुवैले बुझेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जी ८ को बैठकमा रुस पनि यो समूहमा प्रवेश गरेर फेरि जी ८ समूह निर्माण होस् भन्ने चाहना प्रकट गरे । 

तर पनि भारतले रुससँग एस ४०० मिसाइलसम्बन्धि रक्षा सम्झौता गर्दा अमेरिकाले प्रश्न उठाएको थियो ।  अमेरिकाको भनाइ थियो कि भारतले रुस र अमेरिका दुवै मुलुकसँग हतियार खरिद गरिरहेको छ । त्यो समय भारतविरुद्ध केही प्रतिबन्ध लगाउने कुरा पनि उठेको थियो । 
 

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।