राजनीति

बेचबिखनका घटना हुन नदिन सरकार कानून र नीतिगत प्रयासमा 

बेचबिखनका घटना हुन नदिन सरकार कानून र नीतिगत प्रयासमा 

काठमाडौँ । मानव बेचविखन तथा ओसारपसारका घटना हुन नदिन सरकारले कानुनी, नीतिगत र संरचनागत प्रयास गरिरहेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिएका छन् । शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले हिंसा नियन्त्रणका लागि प्रहरीलगायतका राज्यका सबै निकायलाई परिचालन गरेर सरकारले काम गरिरहेको जानकारी दिए । 

बेचविखन बढदै गएकोमा चिन्ता व्यक्त गर्दै गृहमन्त्री थापाले नियन्त्रणका लागि सरकारले गम्भिरतापूर्वक काम गरिरहेको बताए । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जनाइन ।

मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसका अवसरमा साताब्यापी कार्यक्रम भैरहेका छन् ।