मनोरञ्जन मोडेल वाच

शारुखकी छोरी सुहानाका तस्विर सामाजिक संचालमा भाइरल

शारुखकी छोरी सुहानाका तस्विर सामाजिक संचालमा भाइरल

शाहरुख खानकी छोरी सुहाना खानका नयाँ तस्विर सोशल मिडियामा वायरल भएका छन् । उनका  कुनै तस्विरमा उनी मेकअप गरेको देखिन्छिन् भने कुनैमा साथीहरूसँग समय बिताएको देखिन्छ।

सहाना हालै न्युयोर्क युनिभर्सिटीको फिल्म स्कुलमा भर्ना भएकी छन्। सुहाना युनिभर्सिटीमा प्रवेश गर्दैगरेको तस्विर आमा गौरी खानले सामाजिक संजालमा पोस्ट गरेकी थिइन्। सुहाना पढाइ बाहेक डान्स पनि गर्ने गर्छिन्।

उनले लन्डनबाट आफ्नो ग्राजुयसन पूरा गरेकी थिइन्। अभिनयमा सोखिन सुहाना आफ्नो पढाइ पूरा भएपछि फिल्ममा आउने बताइएको छ। उनका बुवा सारुख खानले पहिला पढाइ पूरा गर्न भनेकाले उनी आफ्नो पढाइ पूरा भएपछि मात्रै फिल्ममा इन्ट्री गर्ने भएकी हुन्।

 

सुहाना खान