हाम्रो पात्रो विज्ञापन
विदेश

बेलायती प्रधानमन्त्री बोरिसलाई अर्को झड्का

बेलायती प्रधानमन्त्री बोरिसलाई अर्को झड्का

बेलायतमा समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव सांसदले अस्वीकृत गरेका छन्। बुधवार हाउस अफ कमन्समा भएको मतदानमा निर्वाचनको पक्षमा आवश्यक दुईतिहाइ मत ल्याउन प्रधानमन्त्री विफल भएका हुन्।

पक्षमा २९८ मत खसेको थियो भने विपक्षमा ५६ मत खसेको थियो। सरकारले कुल ४३४ मत ल्याउनुपर्ने थियो। प्रधानमन्त्री जोनसनले आउँदो अक्टोबर १५ तारिखमा आमनिर्वाचन गराउने प्रस्ताव गरेका थिए।

सांसदहरूले सहमतिबिनाको ब्रेक्जिट रोक्न सक्ने विधेयक पारित गरेपछि आमनिर्वाचनका लागि प्रधानमन्त्री जोनसनले संसद्‌मा प्रस्ताव प्रस्तुत गरेका थिए। यसअघि सांसदहरूले सहमतिबिनाको ब्रेक्जिट विलम्ब गर्ने विधेयक पारित गरेका थिए।

मंगलबार प्रधानमन्त्री बोरिसको ब्रेक्जिट नीतिले संसद्‌मा ठूलो पराजय बेहोरेको थियो। मंगलबारको मतदानमा सरकारको पक्षमा ३०१ सांसद र विपक्षमा ३२८ सांसद उभिएका थिए।

प्रधानमन्त्री जोनसनले मंगलवार नै संसद्‌मा बहुमत गुमाएका थिए। पार्टी परिवर्तन गर्दै सत्तारूढ कन्जर्भेटिभ पार्टीका सांसद फिलीप ली लिबरल डेमोक्र्याट्समा गएपछि जोनसनले संसद्‌मा बहुमत गुमाएका हुन्।

बोरिस जोन्सन