राजनीति

नेपाली कांग्रेसले भदौ २४ बाट दोस्रो चरणको जागरण अभियान थाल्ने

नेपाली कांग्रेसले भदौ २४ बाट दोस्रो चरणको जागरण अभियान थाल्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी भदौ २४ गतेबाट दोस्रो चरणको जागरण अभियान घोषणा गरेको छ । कांग्रेसले संगठन शुद्धीकरण र सरकारको जनहितविपरीतका कार्यबारे आमजनतालाई जानकारी गराउने उद्देश्यका साथ दोस्रो चरणको जागरण अभियान घोषणा गरेको हो।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले दोस्रो चरणको जागरण अभियानका क्रममा सबै प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधि पठाएर संगठनलाई बलियो बनाउने जनाएको छ ।  भदौ २४ गते प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा १०६ बिरुवा रोपेर जागरण अभियान शुभारम्भ गरिने पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए ।

कांग्रेसले प्रत्येक निर्वाचन क्षेत्रमा ३०० युवाहरुसँग संवाद गर्ने लक्ष्य पनि निर्धारण गरेको छ । हिमाल, पहाड, तराई/मधेस जागरण अभियानकाक्रममा कांग्रेसले यसपटक सामाजिक संवादलाई विशेष जोड दिने जनाइएको हो । अभियान असोज ७ गतेसम्म चल्नेछ ।