हाम्रो पात्रो विज्ञापन
अर्थ

दूधमा मुल्यवृद्धि कति पुग्यो अब

दूधमा मुल्यवृद्धि कति पुग्यो अब

काठमाडौँ । सरकारले दूधमा प्रतिलिटर ६ रुपैँयाले बढाएको छ । शनिबारदेखि लागू हुने गरी दूधको मूल्य बढाएको हो । दूधमा मुल्यवृद्धि गर्न व्यवसायीले लामो समयदेखि माग गर्दै आएका थिए । सरकारले यसबारे अध्ययनका लागि कार्यदल गठन गरेको थियो ।

दूधमा प्रतिलिटर ६ रुपैयाँले बढाउन कृषि विकास मन्त्रालयले परिपत्र गरेको दुग्ध विकास संस्थानले जनाएको छ । दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्त नेतृत्वको कार्यदलले सरकारलाई बढी दूध उत्पादन हुने समयमा प्रतिलिटर ५ रुपैयाँ ७१ पैसा मूल्य बढाउन सकिने प्रस्ताव गरेको थियो ।

यस्तै, दूधको उत्पादन कम हुने समयमा भने प्रतिलिटर १० रुपैयाँसम्म बढाउन सकिने कार्यदलले सिफारिस गरेको हो । सरकारले ६ रुपैयाँले वृद्धि गरेपछि दूधको मुल्य अब प्रतिलिटर ७६ रुपैयाँ पुगेको छ ।