अर्थ

सुनको मुल्य १००० ले बढ्यो

सुनको मुल्य १००० ले बढ्यो

काठमाडौँ । सुनको मुल्य आज फेरि प्रतितोला एक हजारले वृद्धि भएको छ । आज छापावाल सुन प्रतितोला ७३ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जानकारी दिएको छ । यसअघि गत भदौ नौ गते सुनको मुल्य अहिलेसम्मकै सबैभन्दा बढी ७३ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो ।

त्यसपछि ओरालो लागेको सुनको मुल्य पुन पुरानै अवस्थामा पुगेको हो । हिजोपनि सुनको मुल्य प्रति तोला पाँच सय रुपैयाले बृद्धि भएको थियो । चाँदी पनि तोलामा ४५ रुपैयाँ बढेर तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भएको छ ।

अमेरिका र चीनबीच व्यापारिक गतिरोध बढेकाले भाउ बढेको सुनचादी व्यवसायीहरुले बताएका छन् ।