समाचार

बझाङमा १२ किलो चरेशसहित ४ जना पक्राउ

बझाङमा १२ किलो चरेशसहित ४ जना पक्राउ

बझाङ । प्रहरीले १२ किलो चरेशसहित बझाङबाट ४ जना पक्राउ गरेको छ । झोलामा लुकाइछिपाई बसमार्फत धनगढीतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले १२ केजी चरेशसहित ४ जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्मा गाउँपालिका–१ दौलीचौरका ५८ वर्षीय हरिवीर बोहरा उनकी श्रीमति ४८ वर्षीया रामकला बोहरा सुर्मा दौलीचौरकै ६० वर्षीया लक्ष्मी बोहरा र बस धनीसमेत रहेका केदारस्युँ गाउँपालिका–५ का ४२ वर्षीय काशी ठगुन्ना रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले सुदूरपश्चिम यातायातको ना८ख १०७४ नम्बरको यात्रुवाहक बसमा लुकाएर लैजाँदै गरेको अवस्थामा सोमबार चेकजाँचको क्रममा स्याँडी प्रहरी चौकीले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक इश्वरीदत्त पाण्डेले बताए ।

उनकाअनुसार प्रहरीले बस चेकजाँच गर्ने क्रममा तीन वटा झोलामा चरेश भेटाइएपछि उनीहरुलाई थप अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ ।

बझाङ चरेश पक्राउ