विदेश

हङकङकी प्रमुख कार्यकारी लामबाट सुपुर्दगी विधेयक फिर्ता लिएको घोषणा

हङकङकी प्रमुख कार्यकारी लामबाट सुपुर्दगी विधेयक फिर्ता लिएको घोषणा

काठमाडौँ । हङकङकी प्रमुख कार्यकारी क्यारी लामले विवादास्पद सुपुर्दगी विधेयक औपचारिक रुपमा फिर्ता लिएको घोषणा गरेकी छिन् । गत जुन यता जारी प्रदर्शन नरोकिएसँगै उनले टेलिभिजन सम्बोधनमार्फत विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन् । 

चीनमा अपराध गरेको अभियोग लागेका अभियुक्तलाई चीनतर्फ सुपुर्दगी गर्नका लागि ल्याइएको विधेयकका कारण त्यहाँ प्रदर्शन चकिएको थियो । जनताको माग सम्बोधन गर्न विधेयक फिर्ता लिएको उनले बताएकी छिन् । 

प्रदर्शनकारीका अन्य माग भने स्वीकार गर्न नसकिने उनले जनाएकी छिन् । 

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।