समाचार अर्थ

एनसेल कर प्रकरण : संसदमा उठ्यो कुरा

एनसेल कर प्रकरण : संसदमा उठ्यो कुरा

काठमाडौँ । कर नतिरेर बद्नामी कमाएको निजी दुरसञ्चार कम्पनी एनसेलको लाभकरबारे बुधबार संसदमा कुरा उठेको छ । संघीय संसदको प्रतिनिधि सभामा पूर्व कानूनमन्त्री एवं नेकपाका सांसद शेर बहादुर तामाङले एनसेलले अदालत प्रभावित पारेको हुनसक्ने आशंका गर्दै एउटै प्रकृतिको मुद्धामा न्यायलयबाट भिन्न भिन्न आदेश भएकोमा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराए ।

एन सेल कर असुलीको सम्बन्धमा अदालतकै अघिल्लो फैसलाले ३ महिना भित्र कर उठाउनु भन्ने र पछि फेरी त्यही अदालतबाट पुन कर निर्धारण गर्नु भनी अर्को आदेश आउनु आफैमा विवादास्पद भएको उनको भनाइ छ ।