समाचार राजनीति

ओलीलाई विश्राम लिन थापाको सुझाव

ओलीलाई विश्राम लिन थापाको सुझाव

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम लिन सुझाव दिएका छन् । अस्वस्थताका बाबजुत विदेशमै रहेर भिडियो कन्फरेन्स मार्फत मन्त्रीपरिषद् बैठक सञ्चालन गरेका प्रधानमन्त्री ओलीलाई थापाले विश्राम लिन आग्रह गरेका हुन् ।

प्रतिनिधिसभाको बुधवारको विशेष समयमा बोल्दै सांसद थापाले कार्यकारी प्रमुख लामो समय सम्म देश बाहिर बस्दा मुलुकको राष्ट्रिय सुरक्षा तथा कुटनीतिक मर्यादा लगायतमा जोखिम उत्पन्न हुने बताए । उनले पछिल्लो समय प्रधानमन्त्रीको कार्यबोझ बढाईएको तर शारिरीक स्वास्थ्य अवस्था भने कमजोर भएकाले नयाँ प्रधानमन्त्री चयनको मार्ग प्रशस्त गनुपर्ने उनको भनाइ छ ।