स्वास्थ्य

शरीरमा कोलेस्ट्रोल सन्तुलित राख्‍न...

शरीरमा कोलेस्ट्रोल सन्तुलित राख्‍न...

कोलेस्ट्रोल शरीरका प्रत्येक कोषमा पाइने नरम चिल्लो पदार्थ हो । खासगरी, रगतमा पाइने बोसोलाई कालेस्ट्रोल भनिन्छ । कलेजोबाट उत्पादन हुने कोलेस्ट्रोल स्वस्थ जीवनका लागि आवश्यक छ । तर, कतिपय अवस्थामा यो आवश्यकताभन्दा बढी हुन्छ । यस्तो भएमा यसले शरीरमा नकारात्मक असर गर्छ ।

- जाडोयाममा घाम कम लाग्छ । अनि, घाम पनि कम तापिन्छ । यस्तो हुँदा शरीरमा भिटामिन डीको कमी भई कालेस्ट्रोलको मात्रा बढ्छ । तसर्थ, सकेसम्म दिनमा एकपटक घाममा बस्नुपर्छ ।

- नियमित व्यायाम वा अन्य शारीरिक अभ्यास गरेर कोलेस्ट्रोलको मात्रा घटाउन सकिन्छ । र, कलेजोको समस्याबाट समेत छुटकारा पाउन सकिन्छ ।

- चिल्लो, भुटेको, तारेका खानेकुरा सकभर खानुहुँदैन । त्यस्तै, फास्टफुड पनि कम खानुपर्छ । किनकि, यस्ता खाद्यपदार्थले शरीरमा अत्यधिक कालेस्ट्रोल उत्पादन गर्छन् ।

- सिकेसम्म शाकाहारी भोजन गर्नु उचित हुन्छ । ताजा तरकारी र मौसमी फलफूलको सेवन बढी गर्न आवश्यक छ । स्याचुरेटेड फ्याट बढी मात्रामा पाइने माछा, मासु, अन्डाको भित्री भाग कम खानुपर्छ ।

- धूम्रपान र मद्यपानजस्ता कुलतबाट सधैँ टाढा रहनुपर्छ ।

कोलेस्ट्रोल
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।