खेल

विराट बने सबैभन्दा सफल कप्तान, तोडियो धोनीको रकेर्ड

विराट बने सबैभन्दा सफल कप्तान, तोडियो धोनीको रकेर्ड

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अर्को नयाँ उपलब्धि हासिल गरेका छन् । उनले नेतृत्व गरेको टिमले वेस्ट इन्डिजसँगको टि–२०, वानडे र टेस्ट सिरिज ‘क्लिन स्विप’ गरेपछि विराटले अर्काे नयाँ उपलब्धि हासिल गरेका हुन् । 

सोमबार टेस्ट सिरिजमा वेस्ट इन्डिजलाई २–० ले हराउँदै विराट भारतको तर्फबाट सबैभन्दा बढी टेस्ट म्याच जिताउने कप्तान बनेका छन् । यसअघि यो रेकर्ड महेन्द्रसिंह धोनीको नाममा थियो । धोनीले ६० टेस्टमा २७ खेलमा जीत हासिल गरेका थिए । विराटले भने ४८ खेलमा २८ टेस्ट जित्दै यो उपलब्धि हासिल गरे ।  

विराट कोहली महेन्द्रसिंह धोनी  भारतीय क्रिकेट टिम