कभर स्टोरी भिडियो

‘झलनाथले भनेको थिए–मित्रताको अगाडि ८–१० हजार विघा जमिन केही होइन’ (भिडियोसहित)

‘झलनाथले भनेको थिए–मित्रताको अगाडि ८–१० हजार विघा जमिन केही होइन’ (भिडियोसहित)

काठमाडौं । प्रा.डा. सुरेन्द्र केसीले वीरेन्द्रनगरको भीरबाट गाई खसालिएको भन्ने प्रकरणमा दोषी भेटिएकाहरुलाई मानव हत्या सरह कारबाही गरे पनि फरक नपर्ने विचार व्यक्त गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकामा गाई चुनाव चिन्ह बोक्ने राप्रपाको नेतृत्व भए पनि गाईको सवालमा उपमहानगरपालिका संवेदनशील हुन नसकेको डा. केसीले बताएका छन् । उनले खोटाङमा पनि भुस्याहा कुकुर नियन्त्रणका नाममा बर्बरतापूर्वक कुकुर मारिएको भिडियोले मन आक्रन्त भएको उनले बताए । 

नेपालगन्ज घटनाले आफ्नो मन विचलित बनाएको केसीले उल्लेख गरे । यो पृथ्वी सबै जीवजन्तु, पंक्षी, किराफट्यांग्राको पनि भएकोले सबैले बाँच्न पाउने वातावरण बन्नु पर्ने उनले बताए । 

गाईगोरुलाई वीरेन्द्रनगरको जंगलमा छाडेर आउनेहरुले घृणित कार्य गरेको उनले बताए । काठमाडौंको फोहोर बागमतीको पानी नदी वरपर रहने जीवजन्तुले पिएको देख्दा पनि आफूलाई दुःख लाग्ने गरेको उनले बताए । पशुपतिमा बाँदरको स्वास्थ्यलाई लिएर पनि बेला बेला चर्चा हुने गर्छ । पशुपतिका बाँदरमा क्यान्सर र एड्स नै भइसकेको खबर पनि सार्वजनिक भएपछि यो विषय संवेदनशील भएको उनले बताए । 

डा. केसीले हामी मान्छेले जंगलका जीवजन्तुको वासस्थान ध्वस्त पारेका कारण उनीहरु मानववस्तीमा प्रवेश गर्ने, मान्छेबाट खानेकुरा खोसेर खाने र त्यो क्रममा द्वन्द्व सिर्जना हुने उनले बताए । 

राजनीतिक विषयवस्तुमा टिप्पणी गर्दै  डा. केसीले नेपालमा दुई खाले अतिवादका कारण छिमेकी मुलुकसँगको सम्बन्ध प्रभावित हुने गरेको बताए  । उनले भारत र चीन प्रतिको दृष्टिकोणमा अतिवाद हावी भएको उनले बताए । एकाथरीले भारतले एकतर्फी रुपमा बाँध बनाएर मधेस डुबाउँदा पनि दोष नेपाल सरकारलाई लगाउने, अर्काथरीले चीन भनेको परममित्र हो, चीनले कहिले पनि गलत व्यवहार गर्दैन भन्ने सोच रहेको उनले बताए । 

मधेस डुब्दा मधेसकै नेताहरु समस्या नेपाल सरकारका कारण उत्पन्न भएको विचार व्यक्त गरेको देख्दा आफूलाई आश्चर्य लागेको उनले बताए । 
नेपालका नेताहरु आफ्नो सत्ता र सुखभोगका लागि जस्तो सुकै राष्ट्रघात गर्न पनि तयार रहेको केसीले दावी गरे । झलनाथ खनालले मित्रताका अगाडि आठ दश हजार विघा जमिन केही पनि होइन भनेको केसीले स्मरण गरे । 

आफ्नो स्वार्थ पूरा हुने हो भने जस्तो सुकै हदमा पनि उनीहरु तल झर्न सक्ने केसीको निष्कर्ष छ ।