राजनीति

कांग्रेसले दोस्रो चरणको राष्ट्रिय अभियान सञ्चालन गर्ने 

कांग्रेसले दोस्रो चरणको राष्ट्रिय अभियान सञ्चालन गर्ने 

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबार पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रम घोषणा गर्ने भएको छ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार बसेको पार्टी केन्द्रीय कार्यसमितिले आवश्यक निर्णय लिने र बुधबार अपरान्ह ३ बजे पत्रकार सम्मेलनमार्फत् सो कार्यक्रमको घोषणा गर्ने जानकारी दिए ।

मंगलबार जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको म्याद सकिएका केन्द्रीय भातृ संगठनहरूको केन्द्रीय कार्यसमितिको म्याद थप गर्ने विषयमा पनि छलफल भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टीको विधान लगायतका १४ बुँदे एजेन्डामाथि छलफल तय गरेको थियो।