समाचार प्रदेश ३

डेंगु र स्क्रब टाइफसका कारण ४ जनाको मृत्यु

डेंगु र स्क्रब टाइफसका कारण ४ जनाको मृत्यु

चितवन । चितवनमा डेंगु र स्क्रब टाइफसका कारण ४ जनाको मृत्यु भएको छ । भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकजनाको उपचारका क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा गैंडाकोट स्थायी घर भई नारायणगढ बस्ने ७१ वर्षीय वृद्ध रहेको जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीले जानकारी दिए । उनका अनुसार अर्की एक २८ वर्षीय युवतीको पनि स्क्रब टाइफसकै कारण मृत्यु भएको छ ।

त्यस्तै रौतहटबाट आएका एक पुरुषको स्क्रब टाइफस र शुक्रनगरकी एक १६ वर्षीय किशोरीको डेंगु र स्क्रब टाइफसका कारण मृत्यु भएको हो । चितवन अस्पतालमा साउनयता मात्रै ६ सय २३ जनामा स्क्रब टाइफस देखिएको छ । 
 

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।  

पुरा पढ्नुहोस्