विदेश

भारतमा बाढीकाे वितण्डा, १०० बढीको मृत्यु

भारतमा बाढीकाे वितण्डा, १०० बढीको मृत्यु

एजेन्सी । ठूलो वर्षापछिको बाढीका कारण भारतका उत्तर प्रदेश र बिहारमा एक सय भन्दा बढीको मृत्यु भएको छ । बाढीले उत्तर प्रदेशमा ९३ र बिहारमा २९ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुबै राज्यका शहरी क्षेत्रमा बर्षा र बाढीले जनजीवन नराम्रोसँग प्रभावित बनाएको छ । रेल, यातायात, स्वास्थ्य सेवाका साथै विद्यालय समेत ठप्प भएका छन् ।

विद्युत आपूर्ति पनि अस्तब्यस्त भएको छ । बिहारमा अस्पतालहरुमा समेत पनि बाढी पसेको छ । शुक्रबारदेखि पानीले आवासीय क्षेत्र डुवानमा पारेको हो ।

बिहार सरकारले भारतीय वायुसेनालाई हेलिकप्टर तथा पानी फाल्ने उपकरण उपलब्ध गराउन अनुरोध गरेको छ । उत्तर प्रदेशमा पनि उस्तै अवस्था रहेको छ । बाढीग्रस्त क्षेत्रमा राष्ट्रिय आपदमोचन बललाई सहयोगका लागि खटाइएको छ ।

भारतमा बाढी