अर्थ

आज पनि घट्यो सुनको मुल्य , कति पुग्यो त ?

आज पनि घट्यो सुनको मुल्य , कति पुग्यो त ?

काठमाडौँ असोज १३ , बिगत केहि दिन यता सुनचाँदीको भाउमा निरन्तर गिरावट आइरहेको छ।  आइतवारको तुलनामा सोमवार सुनको मुल्यमा २ सय रुपियाले कमि आएको छ।  

सोमवार छापावाल सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतवार छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार सोमवार चाँदीको मुल्यमा पनि केहि गिरावट आएको छ।  सोमवार चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । भने आइतवार चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।