मनोरञ्जन

'च च हुई' को आइटम गीत 'जवानी' सार्वजनिक (भिडियो सहित )

'च च हुई' को आइटम गीत 'जवानी' सार्वजनिक (भिडियो सहित )

काठमाडौँ असोज १३ , मङ्सिर ६ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र 'च च हूई'को दोस्रो गीत सार्वजनिक गरिएको छ। 'जवानी' बोलको यस गीतमा अभिनेता आर्यन सिग्देल र एलिशा शर्मालाई फिचर गरिएको छ।  

रोशन थापाको संगीत तथा निर्देशक साम्तेन भुटिया र विनय सापकोटाको शब्द रचना रहेको गीतमा संगीतकार थापा र सुमन गुरुङको स्वर छ । शिशिर खातीको कोरियोग्राफी रहेको गीतको भिडियोको छायाँकन सुसन प्रजापतीले गरेका हुन्।  

">

साम्तेन भुटियाको निर्देशनमा तयार भएको यस चलचित्रमा आर्यन सिग्देल र मिरुना मगर मुख्य भूमिकामा रहेका छन भने यसका अलावा लाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतका कलाकारहरुको पनि अभिनय रहेको  छ