विदेश

चिनमा बस र मालबाहक ट्रक ठोकियो ; ३६ को मृत्यु ३६ घाइते !

चिनमा बस र मालबाहक ट्रक ठोकियो ; ३६ को मृत्यु ३६ घाइते !

बेइजिंग , चिनमा सवारी दुर्घटनामा परि ३६ जनाको मृत्यु भएको छ भने अन्य ३६ जना घाइते भएका छन।  देशको पूर्वी जिङ्सु प्रान्तमा शनिवार बिहान करिब ७ बजेतिर भएको दुर्घटनामा परि भएको बसमा सवार ३६ जनाको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन।  

यात्रुबाहक बस राजमार्गमा गुडिरहेका बेलाट्रकसँग ठोक्किएको थियो  बसमा कुल ६९ यात्रु सवार थिए।  

बसको टायरको हावा फ़ुस्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिए पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।