राजनीति

समाजमा अशान्ति फैलने खतरा बढ्यो : देउवा

समाजमा अशान्ति फैलने खतरा बढ्यो : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ दल नेकपाका कार्यकर्ताका अराजक गतिविधिले समाजमा अशान्ति फैलने खतरा बढेको बताएका छन् । नेपाल राष्ट्रिय मगर संघ ३ नम्बर प्रदेशले आज काठमाडौँमा गरेको दशैं शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले समाजलाई अराजकतातिर लैजान खोजे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए।

माओवादीले आदिवासी जनजातिलाई गलत आश्वासन दिएर गलत बाटोमा लगाएको उनको भनाइ थियो । कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले सत्तारुढ दलका कार्यकर्ताहरु छिमेकी राष्ट्र चीनका राष्ट्रपति सि चिन पिङको आसन्न नेपाल भ्रमणको वातावरण विथोल्न लागिरिहेको आरोप लगाए ।

यस्तै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले सरकार नै संविधानको उल्लङ्घन गरिरहेको आरोप लगाए ।