विदेश Breaking News

समुद्री आँधी ‘डोरिअन’ ले बहामस तहसनहस, फ्लोरिडामा उच्च सतर्कता 

समुद्री आँधी ‘डोरिअन’ ले बहामस तहसनहस, फ्लोरिडामा उच्च सतर्कता 

प्रतिघण्टा दुई सय ८५ किलोमिटरको वेगमा आएको समुद्री आँधी डोरिअनले बहामस अस्तव्यस्त भएको छ । समुद्री आँधीसम्बन्धी अमेरिकी निकाय एनएचसीका अनुसार आधुनिक तथ्याङ्क राख्न थालिएयताकै डोरिअन  ‘अति खतरानाक’ आँधी हो । 

आँधीले बहमसका सयौं घरमा छाना उडाएको छ भने सयौं भवन भत्किएका छन् । समुद्रको पानीसमेत आँधीले उडाएपछि थुप्रै ठाउँमा बाढी आएको छ । बहामाका बासिन्दाहरूलाई आँधीको मार्गबाट अन्यत्र सारिएको छ ।

जनजीवनका लागि आँधी घातक हुन सक्ने र सात मिटर उचाइसम्म पुग्न सक्ने भन्दै अधिकारीहरूले सचेत गराएका छन् । 

बहामसलाई हानेपछि डोरिअन आँधी संयुक्त राज्य अमेरिकाको फ्लोरिडाको पूर्वी तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको छ । फ्लोरिडामा आँधीले पुर्याउन सक्ने क्षतिलाई मध्यनजर गरी उच्च सतर्कता अपनाइएको छ । 
 

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।