अर्थ

विवादबीच सिलान्यास तयारी !

विवादबीच सिलान्यास तयारी !

चिनिया ललगानीमा झापाको दमकमा निर्माण गर्ने तयारी गरिएको चाईना -नेपाल औधोगिक पार्क जग्गा बिवाद्बिच शिलान्यास गर्ने तयारी गरिएको छ।  

आगामी असोज १६ मा कमल गाउँपालिका -७ माझीगाउँमा प्रधानमन्त्री केपी शर्मा ओली  र तिब्बत सरकारका प्रमुखले औद्योगिक पार्कको शिलान्यास गर्दै छन। पार्कका लागि अधिग्रहण गरिएको सर्वसाधारणको जग्गा भ्याने मुआब्जाका कारण अझै विवादमा रहेको छ।  

पहिलोपटक ४ सय ११ बिघा जग्गाका लागि मुआब्जा सिदरिस समितिले तिन थरि मुल्य राखेर सिफारिस गरेको थियो।  त्यसै अनुसार मुआब्जा वितरणको काम भैरहेको छ।  दोस्रो चरणका लागि पनि सूचना जारी भईसकेको छ।  औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सम्पर्क कार्यालयका प्रतिनिधि संजय थापाले भने अब सिफारिस समितिको सिफारिस अनुसार मुआब्जा वितरण गरिनेछ।  दोस्रो चरणमा फेरी ३ सय ५८ बिघाको मुआब्जा वितरण गरिने छ।  

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।