राजनीति

ओली सरकार इतिहासकै नालायक !

ओली सरकार इतिहासकै नालायक !

काठमाडौँ असोज १२ , नेपाली कांग्रेसका शिर्ष नेताहरुले केपी ओली नेतृत्वको सरकार इतिहासकै नालायक र निकम्मा भएको आरोप लगाएका छन। 

शनिवार आयोजित छुट्टाछुट्टै कार्यक्रममा बोल्दै उनीहरुले ओली नेतृत्वको सरकारबाट मुलुकको विकास र समृद्धि सम्भव नरहेको टिप्पणी गरेका छन।  सरकारको ध्यान मुलुकको समृद्धि र विकास भन्दा पनि एकदलीय अधिबेनायकवाद लाद्नेतर्फ़ रहेको धारणा राखेका छन।  

कांग्रेस सभापति शेरबहादुर देउवाले दुईतिहाई बहुमत प्राप्त कम्युनिष्ट नेतृत्व सरकारको ध्यान एकदलीय अधिनायकबादी लाद्न मात्र सक्रिय रहेको आरोप लगाएका छन।  सरकार लोक्तान्त्र्बिरोधि कानुन निर्माण गर्न सक्रिय रहेको आरोप लगाऊदै देउवाले भने "सत्ता कब्जा गर्ने नियतका साथ प्रेस , मानवाधिकार आयोग ,न्यायलयमाथि हस्क्षेप गर्न खोजिरहेको छ।  "

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।