राजनीति

एकताबद्ध भएमात्र जनविश्वास जितिन्छ : देउवा

एकताबद्ध भएमात्र जनविश्वास जितिन्छ : देउवा

काभ्रे । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भएमात्र जनताको विश्वास जित्न सकिने बताएका छन् । काभ्रेमा आइतबार भएको कार्यक्रममा सभापति देउवाले कम्युनिष्टहरुको एकताले कांग्रेसलाई कुनै फरक नपर्ने बताए ।

जनविश्वासका लागि कांग्रेसभित्र एकढिक्का हुनुपर्नेमा जोड दिए । राणाशासन, पञ्चायत र राजतन्त्रलाई आफूहरुले नै परास्त गरेको भन्दै देउवाले कम्युनिष्टहरु त केही नभएको बताए ।

वाम गठबन्धन विदेशी सिद्धान्तका आधारमा चलेको भन्दै उनले उनीहरुले राष्ट्रको विकास र राष्ट्रहितमा काम गर्नै नसक्ने बताए ।