विदेश

अमेरिकामा भारतीय मूलका प्रहरी अधिकारीको गोली हानी हत्या

अमेरिकामा भारतीय मूलका प्रहरी अधिकारीको गोली हानी हत्या

अमेरिकाको टेक्सासमा भारतीय मुलका प्रहरी अधिकारीको गोली हानी हत्या भएको छ।  भारतीयमूलका डेपुटी प्रहरी अधिकारी शिखसेरिफ सन्दीपको हत्या भएको हो।

टेक्सासको ह्यारिस काउन्टीका भारतीय मूलका धालिवाललाई गोली हानिएको हो।  प्रहरी अधिकृत धारिवालले शुक्रबार दिउँसो १२:४५  बजे सवारी नियम उल्लंघन गर्ने एक कारलाई रोकेका थिए।

ड्राइभरसिटको ढोका खुल्ला रहेको कारको त्यो ढोका लगाइदिएर उनी आफ्नो प्याट्रोलिङ गाडीमा फर्कदै गर्दा घटना घटेको हो। समाचार विवरणमा जनाइएअनुसार ड्राइभिङ सिटमा रहेको व्यक्ति निस्केर उनलाई पछाडिबाट  दुई राउण्ड गोली प्रहार गरेको थिए। घटनाका बारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।