स्वास्थ्य

यी हुन् बिरेनुनको सेवनबाट स्वास्थ्यमा हुने फाइदाहरु ! जानिराखौं

यी हुन् बिरेनुनको सेवनबाट स्वास्थ्यमा हुने फाइदाहरु ! जानिराखौं

बिरेनुन सायदै नाम नसुन्ने कमै होलान।  यसलाई स्वास्थ्यका लागि अचुक मान्ने गरिन्छ।  यसलाई विभिन्न रोगका लागि घरेलु उपायका रुपमाप्रयोग गर्ने गरिन्छ।  आयुर्वेदमा त झन् यसलाई औषधिका रुपमा प्रयोग गरिन्छ।  आयोनुनको साटो बिरेनुनको प्रयोग गर्नाले यसबाट बिशेष लाभ उठाउन सकिन्छ। 

बिरेनुन प्राकृतिक तथा पुरानो नुन हो यसलाई हिमाली र पहाडी क्षेत्रमा डाँडापहराबाट निकालिन्छ।  आज हामी बिरेनुनको उपयोगबाट स्वास्थ्यमा पुग्ने फाइदाहरुको बारेमा बताउन जादै छौं , आउनुहोस 

- बिरेनुनको नियमित सेवनले बाथ , कमलपित्त , कफलाई नियन्त्रणमा राख्छ।  

-यसको प्रयोग विशेषगरी पेटसम्बन्धी समस्याका लागि गर्ने गरिन्छ।   

-बिरेनुनमा सोडियमको मात्रा कम हुने भएकाले यो उच्च रक्तचापका बिरामीहरुका लागि पनि लाभदायी रहेको छ।

-बिरेनुनको प्रयोगले ग्यास्ट्रिक, कब्जियत, अम्लीयलगायतका समस्याबाट छुटकारा दिलाउछ।  

-पेट दुखेको, झाडापखला लागेको, पेट ढुस्सिएको आदी बेलामा  पनि बिरेनुनको प्रयोग गर्ने गरिन्छ।  

- बिरेनुनको सेवनले मधुमेह, आर्थराइटिस, प्यारालाइसिस, एनिमिया, रक्तश्राव, कपाल झर्ने, जोर्नी दुख्ने र आन्द्रासम्बन्धी समस्यालाई पनि नियन्त्रणमा राख्छ।  

-यसले धातुबाट हुने असरबाट पनि बचाउछ।  

- तातो पानीमा मिसाएर बिरे नुनलाई पिउँदा फाइदा पुग्छ भने मनतातो पानीमा बिरेनुनको मिश्रण गरी नुहाउनु निकै लाभदायक हुन्छ।  

-भोक नलाग्ने समस्याका लागि समेत बिरेनुनको सेवन अति नै लाभदायी रहेको छ।