खेल

त्रिकोणात्मक टी-२० सिरिज : आज नेपाल र सिंगापुर भिड्दै

त्रिकोणात्मक टी-२० सिरिज : आज नेपाल र सिंगापुर भिड्दै

काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालमा शनिबार आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ।

सिरिजको पहिलो खेलमा टेष्ट राष्ट्र जिम्बावेसँग ५ विकेटले पराजित नेपालले दोस्रो खेलमा सिंगापुरको सामना गर्न लागेको हो। इन्डियन एसोसियसनको मैदानमा नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार साँझ ५:१५ बजे सुरु हुनेछ।

डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको अंक तालिकामा नेपाल अंकविहीन रहेको छ। जिम्बावे २ अंक जोडेर शीर्ष स्थानमा छ। सिरिज अन्तर्गत नेपालले मंगलबार पुनः जिम्वाबेसँग खेल्नेछ।

यस्तै,  बुधबार नेपालले पुनः सिंगापुरसँग खेल्नेछ। सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।