खेल

सिंगापुरमाथि नेपालको शानदार जित

सिंगापुरमाथि नेपालको शानदार जित

काठमाडौं –  सिंगापुरमाथि नेपालले शानदार जित हासिल गरेको छ।  इन्डियन एसोसियसनको मैदानमा  भएको खेलमा नेपालले सिंगापुरलाई ९ विकेटले हराएको हो ।

कप्तान पारस खड्काको  ऐतिहासिक शतकसँगै त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा  सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले १६ ओभरमा एक विकेट गुमाएर भेट्टायो ।

ओपनर इशान पाण्डे ५ रनमा आउट भएको खेलमा कप्तान पारस र आरिफ शेखले नेपालको ईनिङ्स उकासेका हुन् । पारसले ४९ बलमा शतक प्रहार गरेका हुन् । यसक्रममा उनले ६ चौका र १० छक्का प्रहार गरे । 

पारसले १५ ओभरको अन्तिम बलमा टिम डेविडलाई छक्का प्रहर गर्दै शतक पुरा गरेका हुन् । कप्तान पारस ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रन जोडे ।  त्यस्तै आरिफ शेखले ३८ बलमा ५ चौका सहित ३९ रनमा जोडे।